जेठ २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिट्व्यूरो टुंगाउन निकै सकस भैरहेको छ । शीर्ष नेताहरुका आआफ्नै होडबाजीका कारण पोलिट्व्यूरो सदस्य चयन हुन सकेको छैन । पार्टीले वैचारीक तथा पार्टीमा दिएको योगदानका आधारमा पोलिट्व्यूरो सदस्य चयन गर्नुपर्ने अवस्था छ । तर अहिले त्यसो नभईरहेको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
विगतलाई हेर्ने हो भने धेरैले गणतन्त्र उच्चारण गर्न नसकेको समयमा गणतन्त्रको आवाज वुलन्द गर्ने प्रभावशाली नेता हुन् राजेन्द्र राई । उनी एक शाहासी नेता मात्रै नभएर विचौलियातन्त्र हावी भैरहेको वर्तमान समयमा पनि इमान र निष्ठाको प्रतिमूर्ति रहन सफल युवा नेता हुन् ।
यति मात्रै नभएर अनेरास्ववियुको २ पटक केन्द्रीय अध्यक्ष भएका उनी आफ्नै नेतृत्वमा वि.सं.२०६० स्ववियु निर्वाचनमा सबैभन्दा ठुलो संघठन बनाउन सफल भएका थिए । उनले माले र एमाले बिचको एकताका समयमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यसमा उनलाई दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीले महत्वपूर्ण सहयोग गरेका थिए ।
नेता राई भने पार्टी भित्र समय–समयमा देखिंदै आएको कृतघ्नता, गुट संस्कृति र निषेधको राजनीतिको मारमा पर्दै प्रदेश साँसदमा सिमित छन् । निषेध र अवरोधको वावजुद उनी अगाडी बढिरहेको कतिपय नेताहरुले तर्क समेत गर्छन् । कसैको आशिर्वाद नचाहिने र लोकतान्त्रिक विधिबाट उनि पार्टीको केन्द्रिय सदस्य बने भने जनताको अत्याधिक मत पाएर प्रदेश सभा सदस्य बनेका उनलाई पार्टीले किन वेवास्ता गर्दैछ, यो भने निकै सोचनिय छ ।
इतिहास, योगदान र योग्यताले उनी भन्दा तल्ला तहका नेताहरुले फड्को मारिसके । तर पनि उनी अराजक नभईकन अनुशासित ढंगले निरन्तर लागिरहेका छन् । नेकपाका नेता, शेरधन राई ,खिमलाल भट्टराई ठाकुर गैरे, राम कुमारी झार्की, गोकुल घर्ती, यज्ञ सुनवार, माधव ढुङेल उनी पछिका नेता हुन् ।
उनकै छत्र छायाँमा गणतन्त्रको आवाज वुलन्द गर्ने काँग्रेसका गगन थापाले संसद मात्रै नभएर देशमै काँग्रेसको साख बचाउँदै छन् ।
नेकपाका एक नेता भन्छन्, फेरी पनि यो वा त्यो ढंगले राजेन्द्र राइको राजनतिक यात्रामा अवरोध खडा गर्ने कोशिस चलेकै छ । यसले नेताकार्यकर्तालाई निराशा दिएको छ । काम गर्ने कालु, मकै खाने भालु भनेझैं पार्टीले नेता राईमाथि वेवास्ता गरिरहेको उनले बताए । उनले पोलिटव्युरो सदस्यमा नेता राई छनोट हुनुपर्नेमा जोड दिए ।