जेठ २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो ।
बैठकपछि संचारकर्मीहरुसंगको कुराकानीमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए । युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटाले पाएका छन् ।
त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् ।
दाहाललको पोलिटब्यूरोमा पनि नाम आएको छ । बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको बताइएको छ ।