प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण गराइएको छ । लुम्बिनी जान लागेको प्रधानमन्त्री चढेको हेलिकप्टर प्रतिकुल मौसमका कारण भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गराइएको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस