जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएको हो।
भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अब पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य ९७ र मट्टितेलको मूल्य पनि ९७ रुपैयाँ हुनेछ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै कायम राखिएको छ।