राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ४, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्ती र किरात समुदायको उभौली पर्वका अवसरमा शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै समृद्धिका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छन् । उनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आह्वान पनि गरेकी छन् ।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उनको शुभकामना सन्देशमा उल्लेख छ ।

त्यस्तै किराँत समुदायको उभौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती र उभौली पर्वले शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र बुद्धको उपदेशलाई आत्मसात गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास उनले व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् । बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डो¥याउन खोजेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस