‘१९ वटा बौद्धमार्गी देशसँग सहकार्य हुँदैछ’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ५, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल अब शान्तिको बाटोमा अगाडि बढेको दावी गरेका छन्।

शनिबार २५६३ औं बुद्ध जयन्ती तथा ‘लुम्बिनी भ्रमण वर्ष २०७६’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अब हिंसाको बाटोमा नफर्कने गरी शन्तिको बाटोमा अगाडि बढेको बताए। ‘‘नेपाल अब हिंसाको बाटोमा फर्कँदैन’, उनले भने, ‘यसको यात्रा शान्तिको हो, शान्तिको बटोमा अगाडि बढ्यो।’

प्रधानमन्त्री ओलीले बुद्धको जन्मूमिबाट विश्वभर शान्तिको सन्देश दिनेगरि नेपाल अगाडि बढेको बताए। उनले केही वर्षअघिको द्वन्द्वको व्यवस्थापन भइसेको र त्यसका केही अवशेष बाँकी रहे पनि द्वन्द्व भने नहुने दावी गरे।

प्रधानमन्त्री ओलीलहत्या, हिंसा, स्वार्थ, उन्माद आलिदमा कसैको पक्षमा पनि नलाग्न आग्रह गर्ने गौतमबुद्धलाई विश्व समुदायले भगवानको रूपमा मानेको भन्दै जानको पुस्ताले बुद्धका उपदेशलाई हुबहु अनुशरण गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको बताउँदै उनले बाँकी सबै योजना छिट्टै पूरा गर्नेगरी काम अगाडि बढाउने बताए।

‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन्’, उनले भने, ‘यो वर्षदेखि योजनाबद्ध ढङ्गले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ।’ उनले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्रै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा आयोजना गर्ने योजना बनाइएको र त्यसै अनुरुप तयारी अगाडि बढाइएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस