जेठ ५, काठमाडौँ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिवन्ध लगाएको छ।
र, कसैले यसको उलंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्नेछ।
‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचविखन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना हुनेछ,’ चुननुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ।’
यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए।
उनका अनुसार जरिवानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च हुनेछ।
पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकीछिपी काटमार र मासुको व्यापार थालेपछि नियम बनाउनु परेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए।