प्रधानमन्त्री ओलीद्धारा ‘सूचना महामार्ग’को शिलान्यास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ६, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ६,धादिङ । गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग (इन्फरमेसन हाइवे) निर्माण कार्यको प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका छन । ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताए । उनले भने– ‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ । देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ । तीनमा छ भने चारमा पुर्‍याउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाति बिन्दु पाँचथरबाट अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताएका छन । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन । विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’, प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस