जेठ ७, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजन अहिले जारी छ । यो सिजनको दोस्रो विण्डो सोमबारदेखि सुरु भएको पर्यटन विभागले जनाएको छ ।
यो वर्षको आरोहण सिजनका लागि ३८१ जनाले परमिट लिएकोमा अहिलेसम्म झण्डै १५० जनाले सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
विभिन्न एजेन्सीहरुबाट आएको जानकारी अनुसार अहिलेसम्म १५० जनाले आरोहण सम्पन्न गरेको जानकारी आफूहरुले पाएको उनले बताएकी छन् ।
यस्तै यो सिजनमा अहिलेसम्म आरोहणको क्रममा ६ जनाको निधन भएको छ । ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीनजना बेपत्ता छन् ।
हिमालको मौसम छिनभरमा परिवर्तन हुने भएकाले समस्या रहने गर्छ । तर समन्यवमा उद्धारका लागि सबै साधान तथा उद्धारकर्मी तयारी अवस्थामा राखिएको पर्यटन विभाग तथा आरोहणका लागि अनुमति लिएका एजेन्सीहरुले बताएका छन् ।
यो वर्ष ३६७ जना विदेशी तथा १४ जना नेपालीले आरोहणका परमिट लिएका छन् ।