विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल घाइते बालिकाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ८, बुधबार (५ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाँउपालिका आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले गर्ने भएको छ ।

विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा सो क्रुर र बर्बरतापूर्वक भएको घटनामा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने भएको हो।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले स्तब्ध भएको जनाइएको छ।

घटनामा संलग्न जो कोही अपराधीलाई कानूनको दायरा ल्याएर कारवाही गर्ने प्रतिबद्धता जाहेर गरेको सरकारले घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्लास्थित सुरक्षा निकाय, तथा तालिम प्राप्त कुकुरसहितको टोलीलाई आवश्यक निर्देशन दिदैं घटनास्थलतर्फ परिचालन गरिएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस