जेठ २५, काठमाडौँ । सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ।
विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार पारेको छ।
२१ मंसिर २०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानाडा, स्पेन र दक्षिणअफ्रिकास्थित दूताबास हटाउन प्रस्ताव गरेको छ।
त्यस्तै टर्की, इटाली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ।
विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। ३२ देशमा नेपालका ३९ आवासिय कूटनीतिक नियोग छन्।
३० दूतावास, तीन स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन्।
सबै महादेश, विकास साझेदार मुलुक, शक्तिराष्ट्र, श्रमगन्तव्य मुलुकमा नेपालको दूताबास छ।
दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा दूताबास छैन।