क्लिन फिडको प्रावधानमा आपत्ति : २४ घण्टा विदेशी च्यानल बन्द !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् ।

केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने घोषणा गरिएको छ ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसोसियसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस