पारमाणविक भट्टीबारे मन्त्री पोखरेलले भने -‘ढिला गर्‍यो भने अरुले खेल्न पाउँछन् ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताएका छन् । विश्वका अधिकांश देशले यस सम्बन्धी कानुन बनाइसकेको बताउँदै मन्त्री पोखरेलले नेपालले पनि कानुन बनाउन ढिला गर्नु नहुने बताए ।
बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पोखरेलले भने, ‘ढिला गर्‍यो भने अरुले खेल्न पाउँछन् ।’

बैठक पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक(२०७५ मा छलफल केन्द्रित थियो । यो छलफलमा रेडियोधर्मी प्रयोगका सन्दर्भमा शिक्षामन्त्री पोखरेल र सचिव कृष्णराज विसीको मत भने बाझिएको छ ।

बैठकमा मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा र उपलब्ध स्रोत साधनको सही प्रयोगका निम्ति यो विधेयक ल्याइएको स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय रुपमा पनि यसको व्यापक प्रयोग भएको छ । कसरी काम गर्दा राष्ट्रिय सुरक्षा हुन्छ भन्नेमा सरकार सजग छ,’ उनले भने, ‘स्याटलाइट, हिरोसिमा र आणविकसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हामीले हेरेका छौं । नेपालमा पनि यसको प्रयोगका लागि प्रभावकारी ऐन चाहियो । मन्त्री पोखरेलले पारमाणविक तथा रेडियोधर्मीको प्रयोग र उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराउन नहुने तर्क गरेपनि सचिव विसीले भने निजी क्षेत्रलाई पनि संगै लिएर जानुपर्ने बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस