चौधरीको खुट्टामा १४ किलोको नेल ! बाबुरामले सत्तापक्षलाई भने–गोलघरको यातना कति छिटै बिर्सेका ?’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । जेलभित्रै बिरामी भएका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । उनले सरकारी रवैयाको विरोध गरे । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई विभिन्न टिकाटिप्पणी भईरहदा भट्टराईको यस्तो टिप्पणी आएको हो ।

चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो रु’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै तत्कालीन माओवादीका नेताहरुले व्यवस्थाविरुद्धको संघर्षका क्रममा कष्टकर जेलजीवन व्यतीत गरेका थिए ।

विगतमा व्यवस्थाविरुद्ध संघर्ष गरेका नेताहरुले शासकबाट भोगेका यातना स्मरण गराउँदै बाबुरामले प्रश्न गरेका छन्– आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ?’

यसैबीच, बाबुरामले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज मृत्युप्रकरणबारे चासो व्यक्त गरेका छन् ।

सरकारले दोहोरो भिडन्तका क्रममा विप्लवका सिरहा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताउँदै आएको छ । तर विप्लव माओवादीले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न माग गरेको छ ।

सिरहा घटनालाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला भट्टराईले यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस