आज नेकपाको सचिवालय बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ । जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज तोक्न सकेको छैन । नेकपाका विभिन्न गुटका नेताले यसमा आ–आफ्ना अडान राखेकाले यसलाई टुंग्याउन सकस परेको बताइएको छ ।

आज बस्ने बैठकमा सरकारको काम–कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस