यतिबेला देशमा चुनाव भए कांग्रेस पहिलो पार्टी बन्छ’ : महामन्त्री कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ७, नेपाली जनसम्पर्क समितिको कार्यक्रमको लागी डेनमार्क पुगेका नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले ओली सरकारको कडा विरोध गरेका छन । उनले यतिबेला देशमा निर्वाचन भए कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे । पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने उनको टिप्पणी थियो । कांग्रेसलाई आफ्नै अन्तरघातले मात्र हराउने गरेको भन्दै उनले अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु ।’ संघीयताको बाटो कांग्रेसले कोरेको उनको दाबी छ । कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाए ।

जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडि स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे । जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा थपेको उनले सुनाए ।

कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ

ताजा अपडेट

खोजी गर्नुहोस