प्रधानमन्त्रीको व्यस्तताले नेकपा बैठक विना निष्कर्ष सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो गतिविधि आदानप्रदान गरिएको बुझिएको छ ।

बैठक लगतै प्रधानमन्त्री ओली इदुल फित्रको कार्यक्रममा जानु पर्ने भएकाले अरु विषयमा छलफल नै हुन नपाएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन ।’

महासचिव विष्णु पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराएका थिए । साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस