नयाँ नेपाल निर्माणको लागि यातायात मजदुरको भुमिका महत्वपुर्ण : बरिष्ठ नेता नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ९, सोमबार (५ साल अघि)
  • ७९ पटक पढिएको
Post Thumbnail

असार ९,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले यातायात मजदुरको समस्या समाधान गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यातायात मजदुरले समेत आफै सजग हुनुपर्नेमा जोड दिनुपर्ने बताउदै नेता नेपालले नयाँ नेपाल निर्माणको लागि खासगरी मजदुरको भुमिका महत्वुपर्ण रहेको बताए ।

उनले माक्र्सले संसार भरीका मजदुरहरु एक हौँ भन्ने नारा अघि सारेर मजदुरलाई पहिलो प्राथामिकतामा राखेको बताए । नेता नेपालले मजदुरहरुको अधिकारको लागी नेपालमा भएका आन्दोलनले सार्थकता पाएको बताउदै यातायात क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन मजदुर आफै लाग्नुपर्नेमा जोड दिए ।

उनले यातायात क्षेत्रमा पनि विभिन्न किसिमका समस्या रहेको र ती समस्या मजदुरले व्यवहार परिवर्तन गरे आफै समाधान हुनेतर्फ सचेत गराए । संगठनले राखेका केही मागहरुको सवालमा बोल्दै नेता नेपालले सरकार,व्यवसायी र मजदुरहरुको संयुक्त प्रयासबाट माग पुरा गर्नपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस