जावलाखेलमा शंकास्पद वस्तु भेटियो : कीर्तिपुर,बनेपा, धुलिखेल र पनौतीमा सेनाद्वारा बम निस्क्रिय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १०, मंगलबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । विप्लवको बन्दको आह्वानले देशभरको जनजिवन प्रभावित भएको छ । बन्दसंगै विभिन्न ठाँउमा शंकास्पद बस्तु राखेपछि सर्वसाधरण आतंकति भएका छन । अहिलेसम्म कृतिपुर,बनेपा,जावलाखेल,धुलीखेल, पनौतीमा शंकास्पद बस्तु भेटिएको छ । बनेपा, धुलिखेल र पनौतीमा सेनाद्वारा बम निस्क्रिय पारिएको छ ।

ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।

कीर्तिपुरमा मंगलबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु भेटिएको ठाउँलाई अहिले नेपाली सेना र प्रहरीले घेरामा राखेको छ । सुरक्षाकर्मीले शंकास्पद वस्तु पहिचानका लागिअनुसन्धान गरिरहेको जनताकर्मी बिमल खड्काले घटनास्थलबाट जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस