रघुवीर महासेठ भन्छन–’तत्काल मन्त्रिमण्डल पुनर्गठन हुँदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ११, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताउँदै भने, ‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो ।’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दावी गर्नुभयो । उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भए पनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पुनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्ला जसरी बोल्नुभएको छैन।’

मन्त्री महासेठले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको र केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री भएको आफ्नो बुझाइ रहेको बताउनुभयो । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने भन्दै उनले बजारमा चलेको हल्लाको विश्वास नगर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा उनले सरकारले रेलमार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको साथै पूर्व–पश्चिम रेलमार्गको डीपीआरको काम धमाधम भैरहेको जानकारी दिए । यस हिसाबले आउँदो दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा दावी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस