काँग्रेसको आरोप : मन्त्री विना मगरको निर्देशनमा कञ्चनपुरमा आक्रमण (विज्ञप्तीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ११, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । नेपाली काँग्रेसले मन्त्री बिना मगरको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ । आज काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी मन्त्री मगरको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा आफ्नो पार्टीका २० नेता कार्यकर्ता घाइते भएको दाबी गरेका हुन् । उनले मंगलबार कञ्चनपुरको पुर्नवास नगरपालिका १० मा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका काँग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताएका छन् ।

आक्रमणमा परेर काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगरसचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेद्वार तोयप्रसाद शर्मासहित २० जना घाइते भएको जनाइएको छ ।

विज्ञप्तिमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाइएको छ । घाइतेहरुको राजधानीको बाँसवारीस्थित न्युरो अस्पताल र कैलाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्ति

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं। १० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपाका कार्यकर्ताहरुले हिजो असार १० गते आक्रमण गरी नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरुलाई घाइते बनाएका छन् । उक्त घटनामा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं। २ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायतका व्यक्तिहरु गम्भीर घाइते हुनु भएको छ । उहाँहरु मध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँ स्थित न्यूरो अस्पताल, बाँसबारीमा उपचारार्थ भर्ना गरिएको छ भने बाँकी रहेका घाइतेहरुको कैलाली स्थित अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । यस्तो अमानवीय क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्नुका साथै घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

ताजा अपडेट

खोजी गर्नुहोस