असार १२,काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्य समितिको बैठक आउँदो असार २२ गते बोलाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेवि संघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आउँदो असार २२ गते आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन ।
बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने शर्माको भनाइ छ ।
प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको बताए ।