आज राष्ट्रिय बृक्षारोपण दिवस : देशभर वृक्षरोपण अभियान सुरु गरिदै, प्रधानमन्त्रीले फलफूलको विरुवा रोप्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १४, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलका बिरुवा रोपेर गर्ने छन् ।

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार काठमाडौंमा कोटेश्वर(कलंकी सडकखण्डको किनारमा फलफूलका बिरुवा रोपिने छ ।

केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ(आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

सरकारको निर्देशनअनुसार राजनीतिक दलका भ्रातृसंगठनहरु पनि वृक्षरोपण कार्यक्रममा सहभागी हुँदैछन् । सरकारको नेतृत्वकर्ता दल नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कोटेश्वर(कलंकी क्षेत्रलाई बिभिन्न खण्डमा बिभाजन गरी कार्यकर्ताहरु परिचालन गरिएको जानकारी दिए ।

‘कोटेश्वर, बालकुमारी, ग्वार्को, बीएण्डबी अस्पताल, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, बागडोल, बल्खु र कलंकी क्षेत्रमा साथीहरुलाई सकृयतापूर्वक सहभागी हुन निर्देशन दिइएको छ,’ तामाङले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस