सांसदलाई बजेट किन ? सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १४, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । सर्वोच्च अदालतले निर्वाच्नन क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको हो ।

निर्वाचन क्षेत्र विकास कार्याक्रम संवैधानिक प्रावधानविरुद्ध भएको दाबीसहित अभिवक्ता पारसमणि भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि पनि झिकाएको छ ।

हाल केन्द्र र प्रदेशका सांसदलाई निर्वाचन क्षेत्रका नाममा छुट्टाछुट्टै बजेट विनियोजन गरिरहेका छन् । सबैभन्दा बढी संघीय संसदले ६ करोड रुपैयाँका दरले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस