-राज ढुंगाना
असार १६,काठमाडौँ । दिगो रोजगारी,सिप विकास र उत्पादनमुखी काममा जोड दिदै पहिलो राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकिएको छ । आइतबारबाट सुरु भएको दुई दिने सम्मेलन सोमबार सकिएको हो । सम्मेलनको समापन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले निजी क्षेत्र,सरकार र ट्रेड युनियनका स्पष्ट विचार सन्ने अवसरको रुपमा सम्मेलन केन्द्रित भएको बताए । उनले भने–यो सम्मेलन सोचेको भन्दा प्रभावकारी र उदेश्यअनुरुप भयो, सम्मेलनमा सरकारले सुन्ने र अन्य सरोकारवालाले बोल्ने काम भयो ।
मन्त्री विष्टले दुई दिन सम्म चलेको सम्मेलनमा उठेका विषयबस्तुको अभिलेखिकरण गर्दै महत्वपुर्ण रिपोर्ट तयार गर्ने र आएका सुझाव कार्यान्वयनमा जोड दिईने बताए । उनले केही व्यक्तिहरुले असारे सम्मेलन भनेको भन्दै श्रम,रोजगार र सामाजिक सुरक्षाको विषयमा गम्भिर बहस आफुले यही समयमा चाहेको बताए । उनले आगामी आर्थिक बर्षको सुरुवातसंगै पहिलो सम्मेलनमा दिइएका सुझावलाई नै प्राथामिकतामा राखेर अघि बढ्न सहज हुने बताए । उनले सम्मेलनमा उत्कृष्ट बहस तथा छलफल भएको भन्दै सम्मेलनले राखेको उदेश्य पुरा भएको बताए । मन्त्री विष्टले मानव शंसाधनलाई काम र रोजगारीमा जोड्न सामाजिक सुरक्षाको आधार तयार पार्ने काम भईरहेको बताए । विष्टले निजी क्षेत्र,सहकारी र श्रमिक संगठनसंग सहकारी गरी विश्वव्यापी रुपमा देखापर्ने सम्भावनालाई केलाउन नेपालले अहिले नै तयारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
गरिवको लागी प्रधानमन्त्री रोजगार कार्यक्रम
मन्त्री बिष्टले सम्मेलनका अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रम माथी गरिएको टिप्पणीको बचाउ गरेका छन । उनले अहिले श्रमको सम्मान गर्ने भावजना फैलाउन पर्नेमा जोड दिए । उनले भने–’नेपालमा बर्षमा ३० हजार भन्द्या कम आम्दानी हुने ६ लाख रहेका छन,यस्तो अवस्थामा सरकारको दायित्व हुन्छ, सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन ।’ उनले थपे–’म मन्त्री हुँदैमा जनताको जिवन परिवर्तन हुँदैन, महत्वपुर्ण यो हो की जनताको आधारभुत आवश्यकता पुरा भएको छ की छैन ? त्यसैले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम गरिवको कार्यक्रम हो,भोका नाङ्गाहरुको कार्यक्रम हो ।’ उनले आउदो बर्ष न्युनतम ५ लाख रोजगारी सिर्जन गर्ने योजना सुनाए ।
सम्मेलनमा कसले के भने ?
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्मेलनले रोजगारीका सवालमा अघि बढ्न सहयोग पुर्याउने बताईन । उनले आर्थिक सम्बृद्धीमा रोजगारी सिर्जना र व्यापार घाटाको अन्त्यको विषयमा सरकार गम्भिर हुँदै गएको बताईन । राणाले रोजगारी सिर्जना गर्न उद्योग फस्टाउने किसिमको निती अघि सार्नपर्ने बताईन । उनले दक्षिण यसिया मै नेपाल अनुत्पादक श्रमशक्ति रहेको तथ्याङ्क रहेको बताउदै दिगो रोजगारीको लागी उत्पादनमुखी श्रमशक्ति, तालिमको व्यवस्था गरी सिप विकासमा जोड दिनुपर्ने बताईन । उनले निजी क्षेत्र सरकारलाई सबै किसिमको सहयोग गर्न तयार रहेको बताईन ।
सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड हार्वाडले नेपाल सरकारले छोटो अवधिमा श्रमिकमैत्री ऐन, कानून, योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ र बेरोजगारी समस्या समाधान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्नु खुसीको विषय भएको बताउनुभयो । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) को नेपाल प्रमुख डा रुरिक मार्सडेनले आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने नेपाल सरकारको प्रयासमा सहकार्य गर्न तत्पर रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले सम्मेलन राष्ट्रिय आवश्यकतासंग जोडिएको बताउदै श्रम तथा रोजगारीको सवालमा भएको बहस तथा अन्तक्रियाले आगामी रणनिती तयार पार्न सहयोग पुग्ने बताए । फुयालले यस्तै सम्मेलनबाट योजना आयोगले मुलुकको मुख्य आवश्यकता के हो र कसरी योजना तयार पार्ने भन्ने विषयलाई सहयोग पुर्याउने बताए । उनले आयोगले यतिबेला बेरोजगारीको अवस्था,रोजगारी सिर्जनाको सम्भावनाका साथै आगामी नितिगत योजनाको विषयमा अध्ययन गरिरहेको बताए ।
सम्मेलन रोजगारदाताहरुको लागी ऐतिहासिक
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठले सम्मेलनले नेपालमा रोजगारीको सम्भावना रहेको र सिपयुक्त जनशक्ति छ भन्ने सन्देश दिएको बताए । उनले सबै किसिमका काम गर्ने श्रमजिवीलाई सम्मान गर्ने वातावरणको सिर्जना गर्न सम्मेलन एक हदसम्म सफल रहेको बताए । श्रेष्ठले रोजगारदाता,सरकार र श्रमिक मिलेमात्रै बेरोजगारीको सामस्या समाधान हुने बताए ।
उद्योग परिसंघका कार्यबहाक अध्यक्ष राजेश अग्रवालले सम्मेलन रोजगारदाताहरुको लागी ऐतिहासिक भएको बताए ।
उनले सरकारले निजी क्षेत्रसंग समन्वय गरेर जान आग्रह गरे । उनले सरकार,श्रमिक र रोजगारदता एकअर्काका परिपुरक रहेको समेत बताए । कार्यक्रममा नगरपालिका संघकी उपाध्यक्ष कविता ढुंगानाले सम्मेलनमा स्थानीय सरकारका प्रतिनिधिलाई समेट्न नसकिएको बताईन । उनले स्थानीय तहमा नै रोजगारीको प्रमुख समस्या रहेकोले संघ,प्रदेश र स्थानीय तहको समन्वय विना बेरोजगारी समस्या समाधान नहुने तर्फ सचेत गराईन । दुईदिन सम्म चलेको सम्मेलनमा विभिन्न व्यक्तिहरुले प्यानल बहस गरेका थिए । सम्मेलनमा रोजगारी र श्रमका सवालमा जानकारी मुलक प्रदर्शनी समेत गरिएको थियो