असार २०,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना भएकी छिन ।
बिहान अकास्मात छातीमा पीडा भएपछि उनलाई थापाथलीको नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पतालको इमर्जेन्सी वार्डमा राखेर एन्जिओग्राफी गरिसकिएको र अहिले सीसीयू कक्षमा राखिएको अस्पतालले जनाएको छ । सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । ‘त्यसपछि हृदयघात भएको हो कि होइन रु हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’, अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताए ।
उनका अनुसार छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल आएको उपमेयर खड्कीले बताएकी थिइन् ।
उपमेयर खड्गीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आज अस्पतालमा नै राखेर उपचार गरिने अस्पताल स्रोतले जनाएको छ ।