बाबुरामको बौद्धिकताको सदुपयोग नभएको प्रचण्डको टिप्पणी, आक्रोशित बाबुरामले भने यस्तो…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २०, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एकअर्कामाथि खनिएका छन्।

प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईको बौद्धिकताको सदुपयोग नभएको टिप्पणी गरेसँगै भट्टराईंले जवाफ फर्काएका छन् । सञ्चारमाध्यमहरुमा प्रचण्डको अभिव्यक्ति सनसनी भएसँगै भट्टराईले नेकपालाई कम्युनिष्ट नभएर कमाउनिष्ट पार्टीको संज्ञा दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा समाजवादी पार्टी परित्याग गरेका देवेन्द्र पराजुली, कल्पना धमलालगातका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले कम्युनिष्ट पार्टीमा फर्किएर आफ्नो बौद्धिकताको सदुपयोग गर्न डा. भट्टराईलाई आग्रह गरेका थिए ।

‘म बाबुराम जीलाई पनि कम्युनिष्ट पार्टीमा फर्किन आग्रह गर्छु । उहाँको बौद्धिकताको सदुपयोग कम्युनिष्ट पार्टीमा मात्र हुन्छ । अन्त गएर उहाँको बौद्धिकताको प्रयोग भएन । उहाँलाई सोच्न आग्रह गर्दछु, दाहालले भने ।

प्रचण्डको अभिव्यक्ति सार्वजनिक भएको केही बेरमै डा. भट्टराईले ट्वीटरमार्फत दीपक मनाङ्गे जस्ता बौद्धिक नेता भएको पार्टी अरु पनि बौद्धिक नेता चाहिन्छ र ? भन्दै जवाफ फर्काएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस