असार २४, काठमाडौँ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको क्रममा रहेको छ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज प्रकाशन हुन लागेको हो भने नेकपाले औपचारिक रुपमै साम्यवाद हटाउने भएको हो।
नेकपाले राजनीतिक प्रदिवेदनमा समाजवादउन्मुख राज्य व्यवस्थाको कल्पना गरेको छ।
समाजवादी अर्थ व्यवस्थामा देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सकारमा निहित हुन्छ। जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ।