स्कुल विवादमा अल्झियो नेकपा: सचिवालय बैठक अनिश्चित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १०, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । सांगठानिक एकताको विवाद टुंगो लगाउन बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ ।

स्कुल विभागमा विवाद भएपछि गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताइएको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान नछोडेपछि समस्या बल्झिदैँ गएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्य व्यस्तताका कारण बैठक बस्न नसकेको हो । दुई अध्यक्षबीच विभिन्न विकल्पहरुमा छलफल भइरहे पनि सहमति जुटन सकेको छैन् । स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य घनश्याम भुसालको पनि चर्चा चलेको छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस