सहिद तथा बेपत्ता सन्तती फाउण्डेसनले बुझायो गृहमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण १०, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनले बिहिबार गृहमन्त्री राम बहादुर थापालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । फाउण्डेसनले गृहमन्त्री थापाका राजनितिक सल्लाहकार सुर्य सुवेदीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।

जनयुद्ध तथा विभिन्न जनसंघर्षको क्रममा सहिद भएकाहरुको विवरण राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिनुपर्ने, बेपत्ताहरुको यथासिघ्र खाजविन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने,सहिद तथा बेपत्ता परिवारलाई परिचय पत्रको व्यवस्था गर्नुपर्ने,शिक्षा स्वास्थ्य,रोजगार लगायतका मौलिक हकको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी फाउण्डेशसनका अध्यक्ष प्रमोद पौडेलले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

पत्र बुझेपछि सुवेदीले सहिदहरुको सुची राजपत्रमा प्रकाशित गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश भएको बताएका छन । उनले बेपत्ताहरुको स्थिती आयोगमार्फत पत्ता लगाउने बताए । उनले बेपत्ता तथा सहिदको लागी गृह मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस