मंसिर १४ गते उप–निर्वाचन, होला त सम्भव ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १६, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उप निर्वाचन गर्नका लागि निर्वाचन आयोगले मंसिर १४ गतेलाई सिफारिस गरेको छ । बिहीबार आयोगले गरेको सर्वदलीय छलफलमा मंसिर १४ को मिति उपयुक्त हुने भन्दै उक्त मिति सिफारिस गरिएको निर्वाचन आयुक्त इश्वरी पौडेलले जानकारी दिए ।

चुनावका लागि उक्त मिति उपयुक्त हुने भन्दै बिहिबार सिफारिस गरेको निर्वाचन आयुक्त इश्वरी पौडेलले बताए ।

आयोगले सर्वपक्षीय छलफलका लागि राजनीतिक दलहरुसँगको परामर्श गरेको थियो। उक्त बैठकपछि आयोगले सरकारलाई आफ्नो परामर्शसहितको उक्त सिफारिस गरेको हो ।

कानुनअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ । मन्त्रिपरिषद्ले मिति घोषणा गर्नुपर्ने हुन्छ ।

तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको हो। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस