साउन १७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकादेखि चीनसम्मको भ्रमणलाई सफल पार्ने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् ।
निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले गर्न लागेको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् ।
यसअघि प्रधानमन्त्री मोदीले दुई पटक नेपालको राजकीय भ्रमण गरेका थिए । सो भ्रमणका तयारीका लागि पनि उनी नेपाल आएका थिए । प्रधानमन्त्री मोदीले के बोल्ने के नबोल्ने कुराको तय गर्न चौथाईवाले केही दिन नेपालमै बसेर यसको तयारी गर्ने बुझिएको छ ।
खसगरी उनले पार्टीको लाइनबाट प्रधानमन्त्री मोदीले भारतीय प्रवासीको लागि के के कुरा राख्ने भनेर उनी तयारी गर्छन् । प्रधानमन्त्री मोदीको कुनै देश भ्रमणको तय भएपछि उनी एक हप्ता अगाडि नै त्यहाँ पुग्ने गर्छन् । सरोकारवालाहरुसँग भेटेर त्यहाँको मनोविज्ञान थाह पाएर भाषण तयार गर्ने गरेको जानकारहरु बताउँछन् ।
मोदीले जनकपुर भ्रमण गर्दा चौथाइवाले त्यहाँ आएर एक हप्ता पहिलादेखि नै बसेका थिए । त्यहाँका स्थानीय नेता, पत्रकार, भारतीय मुलका व्यक्ति, उद्योगपतिहरुसँग छलफल गरेका थिए । र, उनकै टीमले तयार पारेका भाषण मोदीले बाह्र विघामा वाचन गरेका थिए ।