सरकारले मेरो राष्ट्रियतामाथि खेलवाड गर्‍यो: राजेन्द्र महतो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले ओली सरकारले ठेगाना नभनी राजेन्द्र महतोको नागरिकता खारेज गर्‍यो भनेर आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन्।

प्रतिनिधिसभामा समय माग गरेर बोलेका महतोले खोक्रो राष्ट्रवादी सरकारले आफ्नो मानमर्दन गरेको आरोप लगाए।

आइतबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजेन्द्र महतोसहित आठ जनाको नागरिकता रद्द गरिएको जानकारी सुनाएका थिए।

‘ठेगाना बिनाको नाम भनेर खोक्रो राष्ट्रवादी सरकारले मेरो मानमर्दन गर्‍यो’, नेता महतोले भने ‘सरकारले मसँग माफी माग्नुपर्छ।’

नाकाबन्दीका बेला पनि सरकारले खोक्रो राष्ट्रवाद देखाएको थियो’, नेता महतोले प्रश्न गरे ‘अहिले मेरो राष्ट्रियतामाथि प्रश्न उठाउने?’

महतोले सञ्चारमाध्यमले पनि अस्पष्ट समाचार लेखेको बताए।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस