बलियो बन्दै राज्य : जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्म करको दायरामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २६, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २६,ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ ।

अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शानिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भूइँमा समान विच्छ्याएर बेचेवापत पनि २० रुपैँया तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।

नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ । रागाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १५० रुपैयाँ कर लाग्नेछ ।

ताजा अपडेट

११ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस