साउन २७, काठमाडौं । जनता बैंकले गुणस्तरीय शिक्षा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गतेसम्म आयोजना गरिने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’का लागि दुई लाख आर्थिक सहयोग प्रदान गरेको हो।
सो सम्मेलनमा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको आयोजकले जनाएको छ।
उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई प्रदान गरेका हुन्।
सो सम्मेलनमा ‘विद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता’मूलमर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो बिकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन् आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्वविद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ।