भारत–पाकिस्तान विवादबारे सुरक्षा परिषदमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । भारत र पाकिस्तानको पछिल्लो विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ ।

भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको हो । बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् ।

यसैबीच विवादित कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ ।

पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको दावी गरेको छ । पाकिस्तानले पाँचजना भारतीय सैनिक समेत मारिएको दाबी गरेको छ । भारतले भने पाकिस्तानको दाबी अस्विकार गरेको छ । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस