भाद्र ४, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या न्यून रहेको पाइएको छ ।
वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहाना राख्ने युवालाई लक्षित गरी सूचना सर्वंजनिक गरेको थियो । सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार ७ सय ३० सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो ।
त्यसरी माग गरिएको आवेदनअनुसार युवार्ल १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ । सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आदेदन दिएपनि २०७५/७६ मा विभिन्न बैंकहरुले ११ करोड रुपैयाँ मात्रै ती युवाहरुलाई सहुलियत ऋण दिएको राष्ट्र बैंकले जनाएको छ ।