भ्रष्टाचारको आरोपीलाई आफ्नै उजुरी छानबिनको जिम्मा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ७, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा उजुरी परेका व्यक्तिलाई नै उजुरीे छानबिनको जिम्मा दिइएको पाइएको छ ।

ललिता निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा भ्रष्टाचार आरोपमा तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका अधिकृत हुपेन्द्रमणि केसीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । तर, तत्कालीन अख्तियार नेतृत्वले तिनै केसीलाई नै छानबिनको जिम्मेवारी दिइएको पाइएको हो ।

मालपोतमा रहेका केसी २०७२ मा अनिवार्य अवकास पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञको रूपमा नियुक्त भएका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको समयमा नियुक्ति पाएका केसी लोकमानको बहिर्गमनसँगै अख्तियारबाट बाहिरिएका थिए । हाल उनी फरार रहेको बताइएको छ ।

यस प्रकरणमा केसीसहित तत्कालीन मालपोत कार्यालयका प्रमुख टीकाराम घिमिरे आयोगले भूमाफियाका रूपमा उल्लेख गरेको डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो ।

बालुवाटार जग्गा प्रकरण छानबिनका लागि बनेको पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले छानबिनका क्रममा यी चारै जनाको संलग्नता रहेको औंल्याँउदै कारबाहीका लागि सिफारिस गरेको थियो ।

उनीहरूविरुद्ध ३० कात्तिक २०७२ मा भ्रष्टाचारमा संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता भएको थियो । अख्तियारमा दर्ता भएको दर्ता नम्बर ३१७५ को उजुरी छानबिनका क्रममा आयोगले केसीलाई नै छानबिन गर्न भनी तोक आदेश लगाएको पाइएको छ । यस क्रममा आयोगको अनुसन्धान महाशाखा नम्बर ३ लाई उजुरी छानबिनको जिम्मा दिइएको थियो । महाशाखा नम्बर ३ मा जग्गाका उजुरी छानबिन हुने गर्छ ।

ताजा अपडेट

१७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस