अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सेना परिचानल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र ७, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ ।

यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण नभएसम्म फ्रान्स र आयरल्याण्डले ब्राजिलसँगको व्यापारीक सम्बन्ध तोड्ने सचेतावनीसमेत दिएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलका राष्ट्रपतिले जलवायू परिवर्तनबारे आफूसँग झुट बोलेको प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।

विश्व समुदायले चिन्ता व्यक्त गरिरहेका बेला आगो भने नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणका लागि ठोष कदम नचालेको भन्दै वातावरण संरक्षण अभियानताहरुले ब्राजिलका विभिन्न शहरमा प्रदर्शनसमेत गरेका छन् ।(एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस