एपीजीले किन राख्यो पाकिस्तानलाई कालोसूचीमा ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र ७, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को क्षेत्रीय सम्बद्ध एसिया प्यासिफिक समूह (एपीजी) ले पाकिस्तानलाई कालोसूचीमा राखेको छ ।

आफ्नो मापदण्ड पूरा गर्न नसकेको भन्दै एपीजीले पाकिस्तानलाई कालोसूचीमा राखेको हो । एपीजीको क्यानबेरामा भएको बैठकले पाकिस्तानलाई मुद्रा अपचलन र आतंकवाद लगानीमा ४० वटा मानकमध्ये ३२ वटाको पालना नगरेको भन्दै कालोसूचीमा राखेको हो ।

दुई दिनसम्म चलेको सात घण्टा लामो बैठकले पाकिस्तानलाई कम अंक दिएरै कालोसूचीमा राखेको हो ।

एफएटीएफ एक अन्तर सरकारी निकाय हो जसलाई फ्रान्सको राजधानी पेरिसमा जी–७ समूहका देशहरुले सन् १९८९ मा स्थापित गरेका थिए । यसको अन्तर्राष्ट्रिय स्तरमा मुद्रा अपचलन, सामूहिक विनाशका लागि हतियारको प्रसार तथा आतंकवादका लागि भएको लगानीबारे निगरानी राख्नु हो ।

यसका साथै यसले आर्थिक विषयमा कानुनी, विनियामक र परिचालनका उपायका बारेमा प्रभावकारी ढंगले कार्यान्वयनका लागि प्रोत्साहन गर्ने गर्दछ । एफएटीएफमा ३९ सदस्यहरु छन् । जसमा ३७ सदस्य देश र दुई क्षेत्रीय संगठन सामेल छन् ।

पाकिस्तान यो संगठनको सदस्य राष्ट्र हैन । एफएटीएफले आफूले दिएको सिफारिसलाई लागु गर्ने देशहरुको प्रगतिको निगरानी गर्ने गर्दछ ।

पाकिस्तानी अर्थ मन्त्रालयले एफएटीएफको मिडिया रिपोर्टलाई गलत भन्दै आधारहीन र गलत संज्ञा दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस