सिंगापुरमाथि नेपालको शानदार जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन ११, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत सिंगापुरविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ

नेपालको जितमा कप्तान पारस खड्काले सतकीय पारी खेले। सिंगापुरले दिएको १५२ रनको लक्ष पछ्याएको नेपालले २४ बल बाँकी छँदै १ विकेटको क्षतिमा भेट्टाउन सफल भएको हो।

कप्तान पारसले विस्फोटक व्याङिङ गर्दै ५२ बलमा १०६ रनको शानदार पारी खेलेपछि नेपालले १६ ओभरमै १ विकेटको क्षतिमा १५४ रन बनाउन सफल भयो। नेपालले सुरुवात राम्रो गर्न सकेन ।

उसले ९ रनमा पहिलो विकेट गुमायो। ओपनर इशान पाण्डे केबल ५ रनमा आउट भए। दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेख विच एक सय ४५ रनको साझेदारी भएपछि सहज जित दर्ता भयो।

नेपालका सहज जित दिलाउने क्रममा पारसले ७ चौका र ९ छक्का पनि प्रहार गरे। नेपालका ओपनर इशान पाण्डे ६ बलमा ५ रन बनाएर आउट भएको अवस्थामा पारसले पारी सम्हाले।

उनलाई साथ दिएका आरिफ शेखले पनि ३८ बलमा ३९ रनको योगदान दिए। उनले आफ्नो इनिङमा ५ चौका पनि प्रहार गरे। सिंगापुरका लागि जनक प्रकाशले १ विकेट लिन सफल भए।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले सिंगापुरविरूद्ध जित निकाल्दै खेलमा फर्काएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस