वार्ताका लागि उत्तर कोरिया र अमेरिकाका अधिकारी स्वीडेन पुगे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । अमेरिका र उत्तर कोरियाका अधिकारी परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः सुरु गर्ने प्रयास स्वरुप वार्ताका लागि स्वीडेन पुगेका छन् । दुवै देशका अधिकारीहरु वार्ताका लागि स्वीडेनको स्टकहोम पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको थियो । त्यसक्रममा दुई नेताबिच परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः सुचारु गर्ने सहमति भएको थियो ।

त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको थियो । दुई देशका अधिकारीबिच हुन लागेको स्वीडेन वार्ताबाट परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः स्थापित हुने अपेक्षा गरिएको छ ।

गएको फेब्रुअरीममा भियतनाममा भएको ट्रम्प र किमबिचको वार्तामा सहमति जुट्न सकेको थिएन । स्वीडेनमा हुने दुई देशका अधिकारीको वार्ताले ट्रम्प र किमबिचको वार्ताका लागि वातारण बनाउने अपेक्षा पनि गरिएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस