झरनामा खसेर ६ हात्ती मरे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । थाइल्याण्डमा झरनामा खसेर ६ वटा हात्ती मरेका छन् । अधिकारीहरुका अनुसार ती हात्तीहरु एक अर्कालाई जोगाउने प्रयासमा झरनामा खसेका हुन् ।

थाइल्याण्डको दक्षिणी क्षेत्रमा रहेको खाओ यई राष्ट्रिय निकुञ्जमा रहेको झरनामा छावा ९बच्चा हात्ती० खसेपछि अरु हात्ती जोखाउने प्रयासमा लागेका थिए । तर उनीहरु पनि खस्दा सबैको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

शनिबार ६ वटा हात्ती खसेर मरेकै ठाउँमा रहेका अरु दुई हात्तीलाई उद्धार गर्ने प्रयास गरिएको छ । हेल्स फलका रुपमा परिचित सो झरनामा यसअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । सन् १९९२ मा सोही ठाउँबाट खसेर ८ वटा हात्ती मरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस