अफगानिस्तानकाे मस्जिदमा बम विष्फोट हुँदा ६२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौं । अफगानिस्तानमा शुक्रबार नमाजका क्रममा एक मस्जिदमा भएको बम विष्फोटमा ६२ जनाको मृत्यु भएको छ ।

अधिकारीका अनुसार पूर्वी नानगहर प्रान्तको एक मस्जिदमा शुक्रबारको नमाजका क्रममा विष्फोट भएको हो । यो बम हमलामा दजर्नौँ मानिसहरु घाइते भएका छन् । विष्फोटका कारण मस्जिदको छत समेत ढलेको छ ।

यो इलाकामा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् तर अहिलेसम्म बम हमलाको जिम्मेबारी कसैले लिएको छैन ।

यो धमाका यूएनका तर्फबाट जारी भएको त्यो बयानपछि लगत्तै भएको छ जसमा भनिएको थियो कि अफगानिस्तानमा आम मानिसको मृत्यु हुने क्रम गर्मीयाममा बढेको छ ।

यूएनका अनुसार जुलाई देखि सेप्टेम्बरको बीचमा कम्तिमा ११७४ नागरिक मारिएका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस