कार्तिक २, काठमाडौं । भातीय कांग्रेसका नेता राहुल गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्थशास्त्रको कत्ति पनि ज्ञान नरहेको आरोप लगाएका छन् । उनले मोदीले अर्बपतिहरुलाई खुशी राख्ने काम मात्रै गर्ने गरेको आरोप लगाए ।
शुक्रबार हरियाणाको महेन्द्रगढमा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुलले यस्तो बताएका हुन् । उक्त सभामा कांग्रेस अध्यक्ष सोनिया गान्धीले सम्बोधन गर्ने तय थियो तर स्वास्थ्य ठीक नभएका कारण उनी उपस्थित हुन नसकेपछि राहुलले सम्बोधन गरेका थिए ।
राहुलले आरोप लगाए कि मोदी मानिसको ध्यान असल मुद्दाबाट हटाउने काम गर्छन् । उता मोदीले शुक्रबार नै हरियाणामा आयोजित र्यालीमा भाजपालाई भोट दिएर विकासको डबल इन्जिनलाई तागत दिन अपील गरेका थिए ।