ट्रम्प र क्यालिफोर्नियाका गभर्नर न्युसमबिच ट्वीटरमा आरोप प्रत्यारोप

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यालिफोर्नियाका गभर्नरसँग सामाजिक सञ्जालमार्फत ‘झगडा’ परेको छ । ट्रम्प र क्यालिफोर्निया राज्यका गभर्नर गाविन न्युसमबिच ट्वीटरमा आरोप प्रत्यारोप भएको हो ।

ट्रम्पले डढेलोका कारण नराम्रोसँग प्रभावित भएको राज्य क्यालिफोर्नियाका लागि केन्द्र सरकारले दिँदै आएको डढेलो नियन्त्रण सम्बन्धी सहयोग कटौति गर्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण झण्डै एक लाख एकड क्षेत्रमा नोक्सानी भएको छ । पछिल्लो हप्तामा भएको डढेलोका कारण हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् ।

ट्रम्पले जंगलमा लागेको आगोको दोषी गभर्नर गाविनको राज्य सरकार रहेको आरोप लगाएका छन् । वन व्यवस्थापनमा गभर्नर गाविनले खराब काम गरेको ट्रम्पले आरोप लगाएका छन् ।

यो वर्ष वन नभई खाली चउर क्षेत्र बढी प्रभावित भएको छ । ट्रम्पको वातावरणीय नीतिका कडा आलोचक रहेका गाविनले ट्रम्पलाई जवाफ दिँदै लेखेका छन्, ‘तपाईँले जलवायु परिवर्तनमा विश्वास गर्नु हुन्न । तपाईँलाई यहाँको रक्षा वा संरक्षणको जिम्मेवारीबाट मुक्त गरिन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस