हिरासतमा रहेका आलम धराैटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला प्रहरी कार्यालय (रौतहट)लाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ।

जिल्ला अदालतले धरौटी वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरी शुद्धीकरण विभागमा पठाउनेछ। राैतहटबाट शिव पुरीले लेखेका यो खबर आजको कान्तिपुरमा छापिएकाे छ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को २१ (२) बमोजिम उनको सम्पत्ति छानबिन हुनेछ। आलमविरुद्ध थुनछेक बहस चलिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस