आर्थिक समस्याकाे कारण देखाउदैँ फ्रान्समा एक विद्यार्थीले आफैलाई आगो लगाए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, काठमाडौं । फ्रान्समा एक विद्यार्थीले आफैलाई आगो लगाएका छन् । आफैलाई आगो लगाएका २२ वर्षे ती विद्यार्थीको उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

आफैलाई आगो लगाउनु पूर्व ती विद्यार्थीले आफूले झेलिरहेको आर्थिक समस्याका बारेमा फेसबुकमा पोस्ट गरेका थिए । त्यसको केही समयपछि उनले लियोनमा रहेको विश्वविद्यालयको रेस्टुरेन्ट अगाडि आफैलाई आगो लगाएका हुन् ।

उनले आफ्नो यो अवस्थाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोँ र त्यसअघिका दुई नेता तथा युरोपियन युनियन दोषी रहेको आरोप लगाएका छन् । ती विद्यार्थीको शरीरको ९० प्रतिशत भाग पोलिएको अग्नि नियन्त्रकले बताएका छन् ।

ती विद्यार्थी लियोन टू विश्वविद्यालयमा अध्ययनरत थिए । उनले जीविकोपार्जनका लागि महिनाको ४५० युरो खर्च लाग्ने गरेको र यो अति भएको उल्लेख गरेका थिए सामाजिक सञ्जाल फेसबुकमा ।

उनले लेखेका लेखेका छन्, ‘बढ्दै गरेको फासीवादविरुद्ध लडौँ, जसले हामीलाई मात्रै विभाजन गर्छ… र उदारवाद जसले असमानता सिर्जना गर्छ ।’

उनले अघि लेखेका छन्, ‘मेरो मृत्युका दोषी म्याक्रोँ, फ्रान्सिस्को होल्याण्ड, निकोलस सार्कोजी र इयू हुन्, उनीहरुले हामी सबैको भविष्यमा अनिश्चितता सिर्जना गरेका छन् । यस्तै नेता मारिन ली पेन तथा सञ्चारमाध्यम पनि दोषी छन्, जसले हामीमा डर सिर्जना गराएका छन् ।’

ती विद्यार्थीले आफ्नो योजनाबारे प्रेमिकालाई म्यासेज मार्फत गराएका थिए, त्यसपछि प्रेमिकाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस