डा. पत्नीले डा. श्रीमानकी प्रेमिकाको घरमा लगाइन् आगो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौं । पाश कोलोनी सूर्या सिटीमा एक महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाइन् र बाहिरबाट ढोका बन्द गरिदिइन् । आगोमा जलेर २५ वर्षकी युवती र उनका ६ वर्षीय छोराको मृत्यु भयो । बचाउने प्रयासमा लागेका भाई घाइते भएका छन् ।

ती युवती डाक्टर दम्पतीको क्लीनिकमा काम गर्थिन् । पतिसँग अफेयर रहेको थाहा पाएपछि महिला डाक्टरले उनलाई कामबाट हटाएकी थिइन् । तर डाक्टर र ती युवतीबीच भेटघाट चलिरह्यो । डाक्टरले युवतीलाई बस्न घर समेत खरिद गरेका थिए ।

साँझपख महिला डाक्टर सीमा गुप्ता, सासु सुलेखासँग डाक्टर पति सुदीप गुप्ताकी प्रेमिका दीपा गुर्जरलाई धम्की दिन पुगेकी थिइन् । दुवैबीच विवाद चलिरहँदा अचानक महिला डाक्टरले आफूसँग रहेको स्प्रिटको बोतल फर्नीचरमा खन्याएर आगो लगाइदिइन् र बाहिरबाट ढोका थुनिन् ।

आगोले भयानक रुप लियो, कसैले भित्र जाने हिम्मत गर्न सकेनन् । त्यहाँ पुगेका दीपाका भाइ अनुज ले घरभित्र छिर्ने प्रयास गरे तर उनी घाइते भए । अन्तिममा आगोमा परी २५ वर्षीया डाक्टर दीपा गुर्जर र उनका ६ वर्षीय छोराको मृत्यु भयो ।

प्रहरीले डा. सुदीप, उनकी पत्नी डा. सीमा, आमा सुलेखालाई हिरासतमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस