चीनियाँ बख्तरबन्द गाडीले काम नगरेपछि केन्याले ल्याउने भयो अमेरिकी हेलिकप्टर

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर ५, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ५,काठमाडौँ । डकैति, आतंकवाद, चोरी बिरुद्ध चीन निर्मित बख्तरबन्द गाडीले काम नगरेपछि केन्या सरकारले अमेरिकाले बनाएको हेलिकप्टर ल्याउन ल्याउने भएको छ ।

चीन निर्मित सैनिक गाडीले ‘रकेट प्रोपेल्ड ग्रेनेड’ (आरपीओ) को आक्रमण सहन नसकेपछि केन्याका ५ प्रहरीले ज्यान गुमाएका छन्। उक्त गाडी आतंकवाद बिरुद्ध प्रयोग गर्न सकिने भनिएको भए पनि आरपीओको मार बहन गर्न नसक्ने प्रमाणित भएको केन्यास्थित संचार मध्यमले जनाएको छ।

सन् २०१६मा केन्याले चीनसँग ३० वटा उक्त गाडी (30 VN-4s) किनेको थियो। उक्त गाडीको मुल्य खुलाईएको छैन। उक्त आक्रमण केन्याको मन्देरा काउन्टीमा हुँदा आरपीओ आक्रमणमा ५ प्रहरी मारिएको प्रहरी प्रवक्ता चार्ल्स ओविनोले बताए। उक्त आक्रमणमा २० जना घाइते भएको जनाईएको छ।

चीनले उक्त गाडी चीनको रक्षा सम्बन्धी सामाग्री बनाउने कम्पनी नोरिन्कोले निर्माण गरेको हो। उक्त कम्पनीको दावी अनुसार बिभिन्न किसिमका हतियार सुसज्जित उक्त बख्तरबन्द गाडीले पानी र जमिन दुवैमा काम गर्छ। उक्त गाडीले ७.६२ एमएम गोली लाग्ने एसल्ट राईफलको मार बहन गर्न सक्ने दावी गरिएको छ।

चिनियाँ कम्पनीले दावी गरेको जस्तो काम नगरे पछि केन्याले अमेरिका निर्मित गोली प्रहार गर्ने क्षमता भएको हलुका हेलिकप्टर मगाएको छ। शुरुमा १२ वटा हेलिकप्टर ल्याउने तयारी गरेको केन्याले उक्त हेलिकप्टरले राम्रो काम गरेमा थप मगाउने बताएको छ।

चीनसँग हतियारको सम्झौता गरेको केन्या फेरि अमेरिकातिर फर्किएको छ। हतियार बजारमा चीनले अमेरिकाको प्रतिस्पर्धा गरिरहेको अवस्थामा बजारमा प्रभाव जमाउन नसक्दा चीनले आफ्नो बनाईसकेको बजार पनि गुमाउने लक्षण देखिन थालेको छ।

-एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस